Logo

पर्यटन क्षेत्रमा वैदेशिक लगानीकर्ताको मोह, कोरोना महामारीमा पनि पर्यटनमा साढे ५ अर्ब बढीको लगानी भित्रियो

पर्यटन क्षेत्रमा वैदेशिक लगानीकर्ताको मोह, कोरोना महामारीमा पनि पर्यटनमा साढे ५ अर्ब बढीको लगानी भित्रियो



काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) का कारण सबैभन्दा बढी प्रभावित बनेपनि पर्यटन क्षेत्रमा बिदेशी लगानीकर्ताको लगानी मोह उस्तै देखिएको छ । पछिल्ला वर्षहरुमा नेपाल भित्रिने बैदेशिक लगानीको प्रमुख हिस्सा पर्यटन क्षेत्र रहँदै आएकोमा ६ महिनायताको लकडाउन र निषेधाज्ञामा पनि पर्यटन क्षेत्रमै उल्लेख्य लगानी प्रतिबद्धता आएको हो । उद्योग विभभागका अनुसार आर्थिक बर्ष २०७७ ७८ को पहिलो २ महिनामै पर्यटन क्षेत्रमा मात्रै साढे ५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

लामो समयसम्मको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको लकडाउन र निषेधाज्ञामा पनि पर्यटठन क्षेत्रमा लगानी को आकर्षण भने उस्तै देखिएको छ । कोरोना कहरबी पनि सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रमा नै सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।

विभागका अनुसार गत आर्थिक बर्ष २०७६ ७७ मा ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । चालु आर्थिक बर्षको सोही अवधिमा पनि सोहीअनुसारकै वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

नेपालमा भने पर्यटन व्यवसायीहरुले कोरोना भाईरसका कारण उद्योगधन्दासँगै पर्यटनक्षेत्र पनि सोहीअनुसार मारमा परेको बताउँदै आएका छन् । तर, विदेशी लगानीकर्ताले भने नेपालको पर्यटन क्षेत्रमै बढी लगानी गरेको देखिएको छ । उद्योग विभागका अनुसार यो बर्ष चीनबाट मात्रै विभिन्न ३० ओटा कम्पनीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

विभागका अनुसार ३० ओटा पर्यटनमुलक उद्योगमार्फत ५ अर्ब ३५ करोड रुपैयाँबराबरको लगानी प्रतिवद्धता आएको हो । जसमार्फत ६ सय १८ जनालाई रोजगारी सिर्जना गर्ने उल्लेख छ ।

यस्तै चालु आर्थिक बर्षको २ महिनामा बेलायतका २ उद्योगले पनि नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । विभागका अनुसार बेलायतबाट २ ओटा उद्योगमार्फत १० करोड रुपैयाँको प्रतिवद्धता आएको छ ।

उद्योग विभागका अनुसार चीनबाट ३० उद्योगमार्फत आएको लगानी पुर्ण रुपमा होटल क्षेत्रमा रहेको छ । चीनका विभिन्न कम्पनीहरुले २० देखि ५० बेड क्षमताका होटल, रेष्टुरेन्ट निर्माण गर्नेगरी नेपालमा लगानी प्रतिवद्धता जनाएका हुन । यस्तै बेलायतबाट आएको लगानी भने पोखरामा रेष्टुरेन्ट स्थापना गर्नेगरी प्रतिवद्धता प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL