Logo

कतार एयरवेजद्वारा काठमाडौं उडान शुरु गर्ने घोषणा, सातामा ३ वटा उडान गर्ने

कतार एयरवेजद्वारा काठमाडौं उडान शुरु गर्ने घोषणा, सातामा ३ वटा उडान गर्ने



कतार एयरवेजले काठमाडौंबाट सातामा ३ वटा उडान सुरुवात गर्ने घोषणा गरेको छ । कोरोनाभाइरसका कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान खुलेसँगै एयरलाइन्सले हाललाई सातामा ३ वटा उडान गर्ने घोषणा गरेको हो । काठमाडौं विमानस्थलबाट हुने उडान एयरलाइनको अत्याधुनिक बोइङ ७८७ ड्रीमलाइनर विमान र एयरबस ए ३२० एयरक्राफ्टद्वारा हुनेछ ।

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको निर्देश अनुसार विमानमा नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठनहरू, विकास परियोजनाका साझेदारहरू, नेपालमा कार्यरत सबै दूतावासहरुले निर्धारित मापदण्ड पालना गरी यात्रा गर्न सक्नेछन् ।

यस्तै नेपाल आउने सबै यात्रीहरूले निर्धारित उडान समयको ७२ घण्टा भित्र गरिएको आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टको साथै अनलाइन फारम पूरा गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL