Logo

आन्तरिक हवाई उडान संचालनका लागि सबै बायुसेवा कम्पनी तयारी अवस्थामा, कर्मचारीलाई तालिमसमेत दिईयो

आन्तरिक हवाई उडान संचालनका लागि सबै बायुसेवा कम्पनी तयारी अवस्थामा, कर्मचारीलाई तालिमसमेत दिईयो



काठमाडौं । आगामी असोज १ गतेदेखि हुने हवाई उडानका लागि आफुहरु तयारी अवस्थामा रहेको बायुसेवा संचालकहरुले बताएका छन् । मंगलबार नेपाल बायुसेवा संचालक संघले एक विज्ञप्ती जारी गर्दै असोज १ गतेका लागि तयारी अवस्थामा रहेको बताएको हो ।

पछिल्लो ५ महिनादेखि कोरोना भाईरसको महामारीका कारण बन्द रहेको आन्तरिक उडानका लागि सरकारले गरेको निर्णय अनुसार कन्ट्र्याक्ट ट्रेसिङदेखि स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डहरु पुरा गरिसकेको विज्ञप्तीमा उल्लेख छ । संघका अनुसार विभिन्न देशहरुमा अन्य यातायात भन्दा पनि हवाई उडान सबैभन्दा सुरक्षित प्रमाणीत भईसकेकाले नेपालमा पनि हवाई उडान सेवा संचालन गर्न उपयुक्त रहेको जनाएको छ ।

पछिल्लो ५ महिनादेखि जहाज नउडे पनि विभिन्न किसिमका खर्चको व्यय भार सबै वायुसेवा कम्पनीहरुले बेहोरिदै आएका थिए । नियमित अन्तरालमा मर्मत सम्भार, हवाई इन्धन, बिमाको प्रिमियम, बैंकको व्याजदर, जनशक्ति सञ्चालन खर्च, आदि इत्यादी। गत हप्ता मात्रै पर्यटन सम्बद्ध अन्तरक्रिया कार्यक्रममा संस्कृति नागरिक तथा पर्यटन मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी क्षेत्रबाट असोज १ बाट हवाई उडान सञ्चालन हुने बताएका थिए ।

कोभिड महामारीमा जहाजको यात्रा नै सबैभन्दा सुरक्षित र संक्रमण रहित हुने अन्य देशको उड़ान बाट थाहा भई सकेको छ । सोही अनुसार संघका सबै सदस्य हवाई कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणको कोभिड १९ सुरक्षा निर्देशिका अनुसार तालिम, तथा पूर्व अभ्यासहरु पनि गरि सकेको संघले जानकारी दिएको छ ।

आन्तरिक उडान लाई तत्कालै सञ्चालन गर्नका लागि कुनै दुविधा भए सम्बन्धित निकायहरु मन्त्रालय, सिएमसी सँग अन्तरक्रिया गर्न सदस्य वायुसेवा कम्पनीहरु तयार रहेको समेत संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्