Logo

निजगढ अन्तरराष्ट्रिय विमानस्थलको कामले लियो तिव्रता : १५ दिनभित्र मोडालिटी तयार, ५७ हजार रुखको गणना सम्पन्न

निजगढ अन्तरराष्ट्रिय विमानस्थलको कामले लियो तिव्रता : १५ दिनभित्र मोडालिटी तयार, ५७ हजार रुखको गणना सम्पन्न



काठमाडौं । निजगढ अन्तरराष्ट्रिय विमानस्थलको कामले तिब्रता लिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकले आउदो मंसिर मसान्त भित्र रुख तथा पोलहरुको लगत नम्वरीङकोे कार्य सम्पन्न गर्ने निर्णय गरेसँगै कामले तिब्रता पाएको हो ।

राष्ट्रिय गौरबको रुपमा रहेको सो विमानस्थाल निर्माण क्षेत्रमा हालसम्म ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ । बैठकले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि कमिटि गठन गरेको छ । बैंठकले भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिवको संयोजकत्वमा समिति गठन गर्दै स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय गरेको हो ।

त्यस्तै विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेड मार्फ्त रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृयाका बाँकी कार्यहरु आगामी हप्ता दिन भित्रमा सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निेर्देशन समेत दिएको छ । साथै लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्वर ३० भित्रमा परियोजना प्रस्ताबको अन्तिम निर्णय लिने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL