Logo

हिमालय एयरलाइन्सको पुनः उद्धार चार्टर उडान शुरु, अगस्ट ३१ सम्म जारी रहने

हिमालय एयरलाइन्सको पुनः उद्धार चार्टर उडान शुरु, अगस्ट ३१ सम्म जारी रहने



काठमाडौं । हिमालय एयरलाइन्सले पूनः उद्धार उडान शुरु गरेको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही अगस्ट २६ देखि अगस्ट ३१ सम्म स्वदेश ल्याउने एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले अगस्ट २६ मा साउदी अरेबियाको दमासबाट नेपालीको उद्धार गरेको छ ।

अगस्ट २७ र २९ मा मलेशियाको क्वालालम्पुरबाट अगस्ट ३० मा यूएईको आबुधाबीबाट र अगस्ट ३१ मा कतारको दोहाबाट उद्धार चार्टर उडान गर्ने एयरलाइन्सले जनाएको छ ।

विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ ।

हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL