Logo

पर्यटनमा कोरोना प्रभाव : गत आवमा बिदेशी पर्यटकबाट देश भित्रिने र नेपालीबाट बाहिरिने रकममा गिरावट

पर्यटनमा कोरोना प्रभाव : गत आवमा बिदेशी पर्यटकबाट देश भित्रिने र नेपालीबाट बाहिरिने रकममा गिरावट



काठमाडौं । विश्वव्यापी महामारीमा रुपमा फैलिएको कोरोना संक्रमण (कोभिड–१९) कारण गत आर्थिक बर्षमा विदेशीले नेपालमा गर्ने खर्चमा १९ प्रतिशतको गिरावट आएको छ । गत आवमा फागुनदेखि नै चीनलगायत देशमा कोरोना संक्रमणका कारण लकडाउन जारी हुँदा र चैत्रदेखि नेपालमा लकडाउनका कारण ४ महिना नेपाली पर्यटन ठप्प रहेको थियो ।

जसका कारण अघिल्लो बर्ष १० प्रतिशतले बढेको यस्तो खर्च गत बर्ष भने १९ दशमलव २ प्रतिशतले घट्दै जम्मा ६० अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष भने विदेशीले नेपालमा आएर गर्ने यस्तो खर्च ७५ अर्ब ३४ करोड रुपैयाँ बराबरको थियो ।

सरकारले सन २०२० लाई पर्यटन बर्षको रुपमा घोषणा गर्ने तयारी गरेसँगै प्रवद्र्धनको तयारी पनि सोहीअनुसार भएको थियो । अन्तराष्ट्रिय क्षेत्रमा नेपाली पर्यटनकोे प्रवद्र्धनको लहर चलिरहेको समयमा कोरोनाका कारण पर्यटक र पर्यटनबाट बढने आम्दानी बढ्ने पर्यटन क्षेत्र नै संकटपूर्ण अवस्थामा पुग्यो ।

यो अवधिमा विदेशीले नेपालमा आएर गर्ने खर्चसँगै नेपालीले विदेशमा गएर गर्ने खर्चसमेत ४० प्रतिशतले गिरावट आएको छ । अघिल्लो बर्ष नेपालीहरुले विदेशमा गर्र्ने खर्च १३ प्रतिशतले बढेकोमा गत बर्ष घट्दै ५३ अर्ब १३ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक बर्ष ८९ अर्ब ९० करोड रुपैयाँ खर्च भएको थियो ।

सरकारले खर्च कटौतीका लागिे वैदेशिक भ्रमणमा कटौती गरेपछि र पछिल्ला ४ महिना कोरोनाका कारण यस्तो खर्चमा कमी आएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सन २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक भित्रिएका छन् । नेपालमा भित्रिने पर्यटकको संख्या अघिल्लो बर्ष ११ लाख ७३ हजार ७२ जना थियो ।

पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको बन्दाबन्दीका कारण पनि नेपालमा आउने पर्यटक र नेपालबाट विदेशमा जाने पर्यटकमा कमी आएको सरकारको भनाई छ । सन् २०२० को जुन महिनासम्म मात्रै २ लाख १५ हजार ४ सय ४९ जना पर्यटक नेपाल भित्रिसकेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL