Logo

नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्बको, ऋण दायित्व ४५ अर्ब बढीको

नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्बको, ऋण दायित्व ४५ अर्ब बढीको



काठमाडौं । नेपाल वायुसेवा निगमको कुल सम्पत्ति ५४ अर्बको रहेको सार्वजनिक भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको आव २०७६–७७ को वार्षिक प्रगति पुस्तिका सार्वजनिकीकरण गर्दै मन्त्री योगेशकुमार भट्टराईले सो जानकारी दिएका हुन् ।

मन्त्री भट्टराईले लामो समयदेखि निगमको सम्पत्तिबारे रहेको अन्यौल भर्खरै सम्पन्न भएको अध्धयनबाट निक्र्योल भएको बताए ।

निगमको डिडिए गर्ने काम महत्वपूर्ण भएको बताउँदै मन्त्री भट्टराईले निगमको सम्पत्ति र दायित्व मूल्यांकनसँगै निगमलाई कसरी अगाडि बढाउने भन्ने बाटो खुलेको बताए ।

मन्त्री भट्टराईले दिएको जानकारी अनुसार ऋण तथा अन्य गरी निमको ४५ अर्ब बढीको ऋण दायित्व रहेको छ । निगमको ऋण तथा दायित्वभन्दा ८ अर्ब बढी सम्पत्ति देखिएको पनि मन्त्री भट्राईले बताए । छ । निगमको स्थापनायता पहिलोपटक डिडिए गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL