Logo

नेपाल एअरलाइन्सको वाइडबडी दोस्रो पटक सुडान उड्दै, शान्ति मिसनका लागि खटिने सैनिक लिएर जाने

नेपाल एअरलाइन्सको वाइडबडी दोस्रो पटक सुडान उड्दै, शान्ति मिसनका लागि खटिने सैनिक लिएर जाने



काठमाडौं । नेपाल एअरलाइन्सको जहाजले बिहीबार राति सुडानको उडान गर्दैछ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनका लागि खटिने सैनिक लिएर नेपाल एअरलाइन्सको वाइडबडी जहाज राति पौने दुई बजे दक्षिण सुडानको राजधानी जुवाको लागि उड्नेछ ।

जहाजले दुई सय ६० जना सैनिक लिएर जाने र शान्ति मिसनको सेवा अवधि सकेका सैनिक बोकेर फर्कने नेपाल एअरलाइन्सले जनाएको छ ।

जहाज शुक्रबार राति नेपाल फर्कने तालिका रहेको छ । नेपाल एअरलाइन्सले दोस्रो पटक सुडानको उडान गर्न लागेको हो ।

यसअघि गएको साउन १३ गते नेपाल एअरलाइन्सले आफ्नो इतिहासमै पहिलो पटक सुडानको लागि उडान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL