Logo

भदौ १६ सम्म उडान बन्द भएको सूचना जारी गर्दै प्राधिकरणले भन्यो-उडानको तालिका संशोधन गरेर पठाउनू

भदौ १६ सम्म उडान बन्द भएको सूचना जारी गर्दै प्राधिकरणले भन्यो-उडानको तालिका संशोधन गरेर पठाउनू



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार उडान बन्द गराउने सूचना जारी गरेको छ। यसअघि भदौ १ गतेदेखि उडान खोल्ने निर्णय गरिएपनि सरकारले फेरि बीचमा निर्णय उल्टाएपछि नियमित व्यावसायिक उडान भदौ १६ सम्म बन्द हुने भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणलेवायुसेवा सञ्चालकलाइ भदौ १६ गतेबाट हुने आन्तरिक तथा बाह्य उडानको तालिका संशोधन गरेर पठाउन भनेको छ । यसअघि भदौ १ गतेबाट उडान गर्ने भनिएकाले सोही बमोजिम बायुसेवा सञ्चालकहरुले उडान तालिका क्यानलाई पठाएका थिए । पहिला पठाएको तालिकालाई अब वायुसेवा सञ्चालकहरुले संशोधन गरेर क्यानमा पठाउनुपर्नेछ ।

हिजो मात्र नेपाल वायसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख्ने एकमात्र औजार यात्रा भएको र सबैभन्दा सुरक्षित यातायात हवाइ भएकाले सरकारले उडान खोल्न ढिलाइ गर्न नहुने बताएको थियो ।सबै तयारी पुरा गरेर भदौ १ गतेदेखि उडानको प्रतिक्षामा रहेका वायुसेवा सञ्चालकहरु सरकारको पछिल्लो निर्णयले रुष्ट छन् ।

संसारभर नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु तोकिएको स्वास्थ्य मापदण्ड अपनाउँदै उडान भइरहेकाले नेपाल सरकारले पनि सोहीअनुसार निर्णय गर्नुपर्ने उनीहरुको भनाइ छ । सरकारले भदौ मसान्तससम्म अन्तर्राष्ट्रिय नाका नखोल्ने निर्णय गरेपनि प्राधिकरणले भदौ १६ सम्मको सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL