Logo

भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई उडान सुचारु गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई उडान सुचारु गर्ने मन्त्रिपरिषद बैठकको निर्णय



काठमाडौं । पाँच महिनादेखि बन्द हवाई उडान सेवा भदौ १ गतेदेखि खुल्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतबाट खुलाउने निर्णय गरेको हो ।

कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक हवाई उडान बन्द गरेको थियो । आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक र बाह्य हवाई उडान सुचारु गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्