Logo

१७ असारदेखि आन्तरिक उडान खोल्ने सरकारको तयारी, एयरलाइन्स सञ्चालकले दिए ग्रीन सिग्नल

१७ असारदेखि आन्तरिक उडान खोल्ने सरकारको तयारी, एयरलाइन्स सञ्चालकले दिए ग्रीन सिग्नल



काठमाडौं । निजी वायुसेवा प्रदायकले ग्रीन सिग्नल दिएपछि सरकारले आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच आइतबार प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको हो ।

पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको बैठकमा सहभागी एक अधिकारीले बताए । सरकारले लकडाृन खुकुलो पार्ने तयारी गरिरहेको सन्दर्भमा असार १५ देखि आन्तरिक र त्यसको १५ दिनपछि साउन १ बाट देशभरका सबै स्थानको उडान खुल्ला गर्ने तयारी भएको हो । आन्तरिक उडानमा कोरोना महामारी फैलिएका हटस्पटमा भने उडान हुने छैन ।

यस्तै साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने स्रोतको दाबी छ । स्रोतका अनुसार पहिले सातवटा मुलुकबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने विष्यमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL