Logo

नेपालीले विदेश भ्रमणमा गर्ने खर्च घट्यो, विदेशी पर्यटकबाट ८ महिनामा भित्रीयो ४८ अर्ब

नेपालीले विदेश भ्रमणमा गर्ने खर्च घट्यो, विदेशी पर्यटकबाट ८ महिनामा भित्रीयो ४८ अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा बिदेशीले नेपालमा गर्ने खर्च वृद्धि भएको छ । चालु आबको ८ महिनामा विदेशी पर्यटकले ४८ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा नेपालीले विदेशमा गर्ने खर्च भने ६१ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

गत बर्षको सोही अवधिमा भने विदेशी पर्यटकले नेपाल आएर ४४ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको थियो भने नेपालीले विदेशमा गएर गर्ने खर्च ५० अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।

तथ्याङ्क अनुसार चालु आवको ८ महिनामा नेपालीले विदेशमा गर्ने खर्च गत आवको सोही तुलनामा करिब ११ अर्ब रुपैयाँले घटेको छ । चालु आवको ८ महिनामा विदेशी पर्यटकले नेपालमा आएर गर्ने खर्चमा ४ अर्बले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL