Logo

रोयल फ्लाइटमार्फत नेपालबाट १४३ जना रसियन नागरिक रसिया उड्दै, श्री एयरलाईन्सको सिंगापुर उडान स्थगित

रोयल फ्लाइटमार्फत नेपालबाट १४३ जना रसियन नागरिक रसिया उड्दै, श्री एयरलाईन्सको सिंगापुर उडान स्थगित



काठमाडौं । सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एउटा मात्रै उडान हुने भएको छ । रसियाको जहाज र श्री एयरलाईन्सको उडान तालिका रहे पनि उडान अनुमतिमा केही ढिलाई भए पछि श्रीएयरले उडान स्थगित गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार रसिएन जहाज रोयल फ्लाईट एयरलाईन्स बी ७५७ मार्फत रसियन नागरिक १ सय ४३ जना फिर्ता लाने भएको छ । ति विदेशी नागरिकहरु नेपाल पूर्ण लकडाउनमा परे पछि नेपालमै फसेका थिए । उक्त जहाज अहिले साढे १० बजे काठमाडौं आईपुग्ने र साढे १२ बजे उड्ने तालिका रहेको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै श्री एयरलाईन्सले भने अत्यावश्यक स्वास्थ्य सामग्री लिन सिंगापुर जाने तयारी गरे पनि अन्तिम समयमा आएर स्थगित गर्नु परेको श्रीएयरलाईन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन । उनका अनुसार बिहान उडान गर्न प्राधिकरणले उडान तालिका दिन ढिला गरेपछि बेलुका र्फकन ढिला हुने भन्दै उडान स्थगित गर्नु परेको हो ।

अहिले त्रिभुवन विमानस्थल बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म पूर्णरुपमा बन्द भएका कारण रातीको समयमा जहाज उडान अवतरण गर्न नपाउने भए पछि उडाननै स्थगित गर्नु परेको श्री एयरलाईन्सले जानकारी दिएको छ । मानन्धरका अनुसार सिंगापुर जाने तयारी गरेको उक्त जहाज मंगलबार वा बुधबारमात्रै जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL