Logo

कोरोना प्रभाव : असार १६ गतेसमम ह्यात होटल बन्द, कर्मचारीलाई राखियो जगेडामा

कोरोना प्रभाव : असार १६ गतेसमम ह्यात होटल बन्द, कर्मचारीलाई राखियो जगेडामा



काठमाडौं । कोरोना भाईरसका कारण नेपाल पूर्णरुपमा लकडाउन भए पछि काठमाण्डौको पाँचतारे ह्यात होटल असार १६ गतेसम्म बन्द हुने भएको छ ।

होटलका महाप्रबन्धक राजेश रामदासले आज एक सूचना जारी गर्दै होटल असार १६ गतेसम्म बन्द रहने जानकारी दिएका हुन । कोरोना भाईरसको महामारी फैलिए पछि उक्त होटल चैत ९ गतेदेखि नै बन्द भएको थियो ।

श्रम ऐन २०७४ को दफा ८०(१) मा भएको व्यवस्थाअनुसार कार्यस्थलमा संक्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि समुचित व्यवस्थासहित होटल संचालन गर्नसक्ने अवस्था समेत नरहेकोले विशेष परिस्थिति सिर्जना भई होटलको व्यवसायिक सेवा र सुविधाहरु सम्पूर्ण रुपमा असार १६ गतेसम्म बन्द गरिएको महाप्रबन्धक रामदासले जानकारी दिएका छन ।

पाहुना तथा श्रमिक र कर्मचारीहरुको स्वास्थ्य सुरक्षा महत्वपूर्ण विषय भएको र लकडाउनपछि पनि अवस्था पूर्ण नियन्त्रणमा नआउँदासम्म होटल सुरक्षित र व्यवसायिक रुपमा संचालन गर्न सकिने अवस्था नरहेको उल्लेख गर्दै होटल बन्द गरिएको सुचनामा उल्लेख छ ।

होटलले सबै कामदार, कर्मचारी, व्यवस्थापकलगायत सबैलाई जगेडामा राखिएको छ भने जगेडामा रहेको अवस्थामा प्रचलित कानून बमोजिम कामदार तथा कर्मचारीले खाईपाई आएको तलबको आधा पारिश्रमिक मात्र पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL