Logo

स्वास्थ्य सामग्री लिन २ वाइडवडी जहाज उड्यो चीन, शुक्रबार आउँदैछन यी मेडिकल सामग्री

स्वास्थ्य सामग्री लिन २ वाइडवडी जहाज उड्यो चीन, शुक्रबार आउँदैछन यी मेडिकल सामग्री



काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी जहाज मेडिकल सामग्री लिन चीनतर्फ प्रस्थान गरेको छ । चीनको ग्वाङझाओबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३ टन स्वास्थ्य सामग्रीसहित अन्य निजी क्षेत्रको स्वास्थ्य सामग्री लिन चीन उडेको विमानस्थलले जानकारी दिएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार उक्त जहाज यात्रु लिन वा पुर्याउन नभई कोरोना विरुद्दको मेडिकल सामग्री ल्याउनका लागि चीन गएको हो । निजी कम्पनी सांग्रिला र फ्रेटले उक्त वाईडबडी जहाज चार्टर गरि मेडिकल सामग्री ल्याउन लागेको हो । यससँगै चीनको ग्वाङझाओमा निगमको उडान चौथो चार्टर्ड उडान हुनेछ ।

यस अघि चैत २८ गते उक्त सामग्री लिन जाने भनिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । विमानस्थलका अनुसार उक्त जहाज अहिले बेलुका ६ः ५० र ६: ५५ मा उडान गरेको छ । सो जहाज शुक्रबार मात्रै काठमाडौं फिर्ता हुने छ । कोरोना संक्रमण तथा रोकथामका लागि पछिल्लो समय निजी क्षेत्रबाट धमाधम मेडिकल सामग्री आयात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL