Logo

सुशील घिमिरे नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त, कंसाकारको प्रयास असफल

सुशील घिमिरे नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त, कंसाकारको प्रयास असफल



काठमाडौं । सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नेपाल वायुसेवाको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ । मंगलबारको मन्त्रीपरिषदको बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन । निगमको प्रमुख कार्यकारी तीन महिनादेखि रिक्त रहेको थियो ।

निगमका तत्कालीन कार्यकारी प्रमुख मदन खरेलले ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिइ अष्ट्रेलिया गएका थिए । घिमिर पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिका अध्यक्ष थिए।

पर्यटन मन्त्रालयमा योगेश भट्टराई मन्त्री भएरआएपछि घिमिरेकै नेतृत्वमा साउनमा ५ सदस्यीय निगम सुधारका लागि कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो। निगमको प्रमुख् कार्यकारीमा निगमकै तत्कालीन महाप्रवन्धक सुगतरत्न कंसाकारको पनि नाम चर्चामा रहेको थियो ।

कंसाकारले आफुले कार्यकारी जिम्मेवारी पाए निममका पुनः फर्किन तयार रहेको बताउँदै सरकारसँग आन्तरिक रुपमा लविङ गरेपनि अन्ततः असफल भएको पर्यटन मन्त्रालय श्रोतले बताएको छ ।

काठमाडौं । सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नेपाल वायुसेवाको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ । मंगलबारको मन्त्रीपरिषदको बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको बालुवाटार निकट स्रोतले जानकारी दिएको हो । निगमको प्रमुख कार्यकारी तीन महिनादेखि रिक्त रहेको थियो ।

निगमका तत्कालीन कार्यकारी प्रमुख मदन खरेलले ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिइ अष्ट्रेलिया गएका थिए । घिमिर पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिको अध्यक्ष थिए।

पर्यटन मन्त्रालयमा योगेश भट्टराई मन्त्री भएरआएपछि घिमिरेकै नेतृत्वमा साउनमा ५ सदस्यीय निगम सुधारका लागि कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो। निगमको प्रमुख् कार्यकारीमा निगमकै तत्कालीन महाप्रवन्धक सुगतरत्न कंसाकारको पनि नाम चर्चामा रहेको थियो ।

कंसाकारले आफुले कार्यकारी जिम्मेवारी पाए निममका पुनः फर्किन तयार रहेको बताउँदै सरकारसँग आन्तरिक रुपमा लविङ गरेपनि अन्ततः असफल भएको पर्यटन मन्त्रालय श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL