Logo

हिमालय एयरलाईन्सको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा १ करोड सहयोग

हिमालय एयरलाईन्सको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा १ करोड सहयोग



काठमाडौं । हिमालय एयरलाईन्सले सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसका कारण नेपालमा समेत उक्त भाईरसको संक्रमण बढे पछि कम्पनीले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम जम्मा गरेको हो ।

सो रकम आजै हिमालयन एयरलाईन्सका प्रवन्धक बिजय श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई हस्तान्तरण गरेको छ । हाल विश्वमा उक्त भाईरसका कारण १ लाख भन्दा बढीले ज्यान गुमाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL