Logo

आज कोरोनाका लागि ३ टन स्वास्थ्य सामग्री नेपाल आउँदै, नेपाल एयरलाइन्स गोञ्जाओ जाने

आज कोरोनाका लागि ३ टन स्वास्थ्य सामग्री नेपाल आउँदै, नेपाल एयरलाइन्स गोञ्जाओ जाने



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज आज (शुक्रबार) कोरोनाका लागि स्वास्थ्य सामग्री लिन चीनको गोञ्जाओ जाने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज निगमका दुई जहाजले जापानको नारिता र गोञ्जाओको लागि उडान अनुमति लिएका छन् ।

उनका अनुसार नारितामा जाने जहाजले २ सय ५० जना यात्रु लिएर जाने भएको छ भने गोञ्जाओ जाने अर्को जहाज भने स्वास्थ्य सामग्री लिन जाने भएको हो। कोरोनाका लागि आवशयक स्वास्थ्य सामग्री भनिएपनि कसले र के–के सामग्री ल्याउन लागिएको भन्ने कुरा भने खुलेको छैन् ।

निगमकी प्रवक्ता अर्चना खडकाले निगमको जहाज स्वास्थ्य सामग्री लिन गोञ्जाओ जान लागेपनि के सामग्री हो भन्ने नखुलाउन निगमलाई निर्देशन भएको जानकारी दिएकी छन् । उनले भनिन, ‘स्वास्थ्य सामग्री आउने हो तर के–के आउने हो त्यो नखुलाउनु भन्नु भएको छ ।’

स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधब तिवारीले भने एनआरएनएले पठाउने सामग्रीसहित मन्त्रालयको ३ टनमात्रै सामग्री आउने जानकारी दिए । तर, उक्त ३ टन सामग्री केहो भन्ने विषयमा आफुलाई कुनै जानकारी नभएको उनले बिजखबरसँग बताए । मन्त्रालयका प्रवक्त डा विकास देबकोटाले भने सो विषयमा अहिलेसम्म आफुलाई कुनै जानकारी नभएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL