Logo

निगमको जहाज आज नारिता र गोञ्जाओ उड्दै, कोरियन र टाईटन एयरले ५ सय जना जना पर्यटक लैजाँदै

निगमको जहाज आज नारिता र गोञ्जाओ उड्दै, कोरियन र टाईटन एयरले ५ सय जना जना पर्यटक लैजाँदै



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज आज (शुक्रबार) बेलुका ८ बजे जापान र चीन जाने भएको छ । निगमको जहाज ए ३३० वाईडबडी एउटा जापानको नारिता जाने भएको हो भने अर्को चीनको गोञ्जाओ जाने तयारी गरिरहेको छ ।

दुई जहाज एकै समयमा उडानको तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन । उनका अनुसार नारितामा जाने जहाजले २ सय ५० जना यात्रु लिएर जाने भएको छ भने अर्को जहाज भने स्वास्थ्य सामग्री लिन जाने भएको हो।

त्यस्तै आजै टाईटन एयरको ७६७–३६ एन जहाजले २ सय ५० जना बेलायती नागरिक लिएर जाने भएको छ भने कोरियन एयरको बोईङ ७७७ ले सोही संख्यामा कोरियन नागरिक लिएर जाने भएको छ । प्राधिकरणका अनुसार कोरियन एयर सवा ११ बजे काठमाडौंबाट उडान गर्नेछ भने टाईटन एयरले १२ बजे उडान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL