Logo

शनिबार ३ अन्तरराष्ट्रिय उडान हुने, कतार, चेक एयर र मालिण्दो एयरले उडान भर्ने

शनिबार ३ अन्तरराष्ट्रिय उडान हुने, कतार, चेक एयर र मालिण्दो एयरले उडान भर्ने



काठमाडौं । शनिबार काठमाडौं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३ ओटा अन्तरराष्ट्रिय उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार शनिबार मालिण्दो एयर, कतार एयर र चेकोस्लाभियाको चेक एयरलाईन्सले उडान गर्ने भएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण नेपाल पूर्ण रुपमा लकडाउन भए पछि बिभिन्न राजदुतावासहरुले आफ्नो नागरिक फिर्ता लैजानाका लागि चार्टड उडान गर्दै आईरहेको छ । सोही अनुसार शनिबार ३ उडान हुने प्राधिकरणले जानकारी दिएको हो ।

तर ति विमानहरुमा के कति संख्यामा यात्रुहरु रहने भन्ने विषयमा भने शनिबार मात्रै थाहा हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार जहाज कम्पनीहरुले जहाज उडनेबेलामा मात्रै आफुहरलाई यात्रुसंख्या बारे जानकारी दिने भएकाले अहिलेनै यात्रु संख्या भने थाहा नहुने प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै शनिबार नै मलेसियन एयरले समेत उडान गर्न सक्ने अध्यागमन विभागले जानकारी दिएको छ । मौखिक रुपमामात्रै जानकारी आएकाले मलेसियन एयरको भने यसै भन्न नसकिने विभागले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगमले समेत कोलोम्बो उडानको तयारी थालेको छ । देश पूर्ण रुपमा लकडाउन भए पछि विभिन्न देशका नागरिकहरुलाई उनीहरुकै देशमा फिर्ता गराउन निगमले चार्टड उडान गर्दै आईरहेको छ । तर अहिले सम्म भने निगमले उक्त उडान गर्ने या नगर्ने विषयमा कुनै टुंगो लाग्न नसकेको निगमका प्रवक्ता अर्चना खडकाले जानकारी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL