काठमाडौं । ओयो होटेल एण्ड होम्सले नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारले नोबल कोरोनाभाइसको महामारी फैलावट कम गर्नका लागि लिएको महत्वपूर्ण कदम स्वरुप देश अहिले एक हप्तादेखि लकडाउनमा छ ।
यो घडिमा ओयो पूर्ण ऐक्यवद्धताका साथ देशसँग खडा छ र सरकारले लिएको कदमहरुलाई समर्थन गर्दछ र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान गर्ने जनाएको छ ।
आज अप्रिल १ तारिख देखि शुरु भएर चयन गरिएका ओयो होटेलले देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्ने छ । लकडाउनमा सरकारलाई सहयोग पु¥याउने उद्देश्यका साथ ओयोले यो पहल विशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको छ । सरकारले सिफारिस गरेको सम्पूर्ण चेकजाँच र उपायहरु प्रति कम्पनी पूर्णरुपमा पालना गर्न तयार रहेको पनि जनाएको छ ।
होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न, पर्यटकहरुलाई चेकइन गर्नु अगावै कोरोनाभाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिनेछ । सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइसर फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश दिइएको छ ।
ओयो होटेल मालिकहरु, कर्मचारी र अतिथिहरुको स्वास्थ्य र सुरक्षा प्रमुख प्राथमिकतामा रहने भएकाले ओयोले निरन्तर स्थीति अनुगमन गरिरहेको पनि जनाएको छ ।
ओयो होटेल नेपालका लागि कन्ट्री हेड विक्की योल्मोले भने, ‘कोभिड १९ महामारीले विश्वभर नै प्रतिकूल प्रभाव पार्यो र यो चुनौतिपूर्ण समयमा पनि हामी संचालनमा रहेका छौं । एक जिम्मेवार कर्पोरेटको रुपमा हामी वास्तवमा जरुरतको घडिमा एकसाथ उभिनुको महत्व बुझ्छौं । हामी नेपालमा लकडाउनमा फसेकाहरुका लागि हाम्रो होटेलका ढोका खोल्ने कोशिस गर्दछौं ।’