काठमाडौं । वायुसेवा संचलाक संघले हवाई भाडामा २० देखि ३६ प्रतिशतसम्म छुट दिने भएको छ । कोभिड १९ (कोरोना भाईरस) बाट नेपाल समेत अछुतो नरहेको अवस्था र सरकारले अत्यावश्यक सुची भित्र आन्तरिक हवाईसेवालाई समेत राखेकाले उक्त छुट दिने निर्णय गरेको संघका प्रवक्ता योगराज कंडेल शर्माले जानकारी दिउका छन ।
बिभिन्न सामाजिक संजालमा हवाईभाडादर महंगो भएको भन्दै प्रचार भए पछि संघको बैठकले उक्त निर्णय गरेको हो । तर संघले भने उक्त प्रचार अर्नगल मात्र भएको जानकारी दिएका छन । संघले हाल विश्वको विषम परिस्थितिलाई मध्यनजर गर्दै संघको सामाजिक उत्तरदायित्व अन्तरगत जनतालाई सहजरुपमा सेवा दिन उक्त छुट दिने निर्णय गरेको जानकारी दिएको छ ।
संघले लागु गरेको अधिकतम भाडादर भने यस प्रकार रहको छ । संघका अनुसार काठमाडौं विराटनगरको लागि ५५ सय, भैरहवाको लागि ४९ सय, नेपालगञ्जको लागि ६ हजार ३ सय, भद्रपुरको लागि ६ हजार २ सय, धनगढीको लागि ७ हजार ९ सय, पोखरा ३७ सय र राजविराजको लागि ४२ सय रुपैयाँ भाडादर कायम गरेको छ । संघले निर्धारण गरेको उक्त भाडादर भने चैत १० देखि २१ गतेसम्ममात्र लागु हुने छ ।