Logo

चैत ९ देखि १८ सम्म नेपाल भित्रने सम्पूर्ण हवाई उडान बन्द

चैत ९ देखि १८ सम्म नेपाल भित्रने सम्पूर्ण हवाई उडान बन्द



काठमाडौं । सरकारले यही ९ गतेदेखि १८ गतेसम्म सम्पूर्ण हवाई उडान सेवा बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै नेपाल भित्रने सम्पूर्ण हवाई उडान बन्द गर्ने बताएका हुन । त्यस्तै प्रम ओलीले देशका हरेक सिमानाकाबाट आउने यात्रुहरुको हकमा भने स्वास्थ्य जाँच गरेर मात्रै भित्रिन दिने भएको छ ।

उनले देशबासीको नाममा सम्बोधन गर्दै अत्यावश्यक काम बाहेक अन्य कामको लागि बाहिर नजान समेत सर्वसाधरणलाई आग्रह गरेका छन । त्यस्तै उनले बिदेशमा रहेका नेपालीलाई समेत नेपाल आउन नपाएकोमा दुख ब्यक्त गर्दै अत्यावश्यक कामको लागि कुटनितिक नियोगसँग सम्पर्क गर्न आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्