Logo

कोरोना प्रभाव : नाम्चेका सबै होटल अनिश्चितकालका लागि बन्द

कोरोना प्रभाव : नाम्चेका सबै होटल अनिश्चितकालका लागि बन्द



काठमाडौं । कोरोना भाईरसले महामारीको रुप लिए पछि नाम्चेको सम्पूर्ण होटल बन्द भएको छ ।

विश्वमा फैलिएको उक्त भाईरसका कारण पर्यटक आउन छाडे पछि लज एण्ड होटल एसोसिएसनको आकस्मीक बैठकले शुक्रबारदेखि होटल बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना भाईरसबाट बच्न उच्च सतर्कता अपनाउँदै सरकारले घोषणा गरे अनुरुप अर्को सुचना जारी नभएसम्मको लागि नाम्चे बजारका सम्पूर्ण होटल बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्