Logo

फ्युल चार्जघटे पछि शुक्रबारदेखि हवाई भाडा घट्ने, अब कुन रुटमा कति भयो भाडादर ?

फ्युल चार्जघटे पछि शुक्रबारदेखि हवाई भाडा घट्ने, अब कुन रुटमा कति भयो भाडादर ?



काठमाडौं । सरकारले हवाई ईन्धनको मूल्य घटाएपछि आन्तरिक हवाई भाडादर घट्ने भएको छ । हवाई कम्पनीहरुले हवाई ईन्धन घटाउन सरकारलाई आग्रह गरे पछि साविकको मूल्यमा केही रकम घटाएर ईन्धन उपलब्ध भए पछि शुक्रबारदेखि नै आन्तरिक उडानको हवाई घाडादर घट्ने छ । चार रुपैयाँ भन्दा बढी वा घटी इन्धनमा भाउ घट्यो भने बढाउने घटाउने प्राबधान रहेको छ ।

सिम्रीक एयरलाईन्सका प्रवक्ता प्रज्वल थापाका अनुसार माउण्टेन, पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढी, नेपालगञ्ज, भद्रपुर, तुम्लीङटार, सुर्खेत, राजविराज, लुक्ला र जोमसोमका लागि फ्युल चार्ज घटेपछि हवाई भाडादर समेत घट्ने भएको हो ।

फ्युल चार्ज घटे पछि शुक्रबार देखि काठमाडौं पोखराको हवाई भाडादर ४ हजार ९ सय ७५ रुपैयाँ कायम हुनेछ । त्यसतै भरतपुर काठमाडौंको हवाई भाडादर भने ३ हजार ६ सय ५ रुपैयाँ, माउण्टेन फ्लाईटको ११ हजार १ सय ५०, धनगढीको १२ हजार ४ सय ५०, लुक्लाको ४ हजार ९ सय ७० रुपैयाँ रहनेछ ।

उनका अनुसार आन्तरिक उडानमा माउण्टेन, पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढी, नेपालगञ्ज, भद्रपुर, तुम्लीङटार, सुर्खेत, राजविराज, लुक्ला र जोमसोमको हवाई भाडा घट्ने छन ।

प्रतिक्रिया दिनुहोस्