Logo

एक्सेलट्रिपको ‘राम्रो पोखरा घुमौ पोखरा’ योजना सार्वजनिक, लक्कि ड्रमार्फत निःशुल्क यति एयरको टिकट

एक्सेलट्रिपको ‘राम्रो पोखरा घुमौ पोखरा’ योजना सार्वजनिक, लक्कि ड्रमार्फत निःशुल्क यति एयरको टिकट



काठमाडौं । अनलाईन ट्राभल इग्रेगेटर एक्सेलट्रिपले ‘राम्रो पोखरा घुमौ पोखरा’ योजना सार्वजनिक गरेको छ । पोखराको २७ ओटा होटलको सहभागिता रहेको उक्त योजना मार्च १५ देखि अप्रिल १५ सम्म संचालन हुने छ ।

विश्वबजार कोरोना भाईरसले थलिएको बेला एक्सेलट्रिपले आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले उक्त योजना संचालनमा ल्याएको हो । नेपालको अर्थतन्त्रमा पर्यटकको महत्वपूर्ण भूमिका हुने भन्दै आन्तरिक पर्यटकलाई बढवा दिन १ महिने योजना संचालनमा ल्याएको एक्सेलट्रिपका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र खड्काले जानकारी दिएका छन ।

अहिले पोखरा, चितवनलगायत देशका बिभिन्न पर्यटकिय क्षेत्रमा पर्यटकको संख्या २० प्रतिशत भन्दा तल रहेको भन्दै आन्तरिक पर्यटकमार्फत भए पनि होटल ब्यवसाय जोगाउनकै लागि भए पनि योजना संचालनमा ल्याएको खडकाले जानकारी दिएका हुन । पूर्वको पर्यटक पश्चिम र पश्चिमको पर्यटक पूर्व लैजाने योजनाका साथ उक्त कार्यक्रम संचालनमा ल्याएको समेत खड्काले जानकारी दिएका छन ।

उक्त योजनामा पर्यटकले पोखराका २७ ओटा होटलमा तिन रात बुक गर्दा एक रात निःशुल्क र दुई रात बुक गर्दा एक रात निशुल्क बस्न पाउने भएका छन । अर्थात ४ रात बस्नको लागि ३ रातको मात्रै होटलको रुम भाडा तिरे पुग्नेछ । त्यसतै उक्त अफर अन्तरगत ग्राहकले विहानको खाजा भने निःशुल्क प्राप्त गर्न सक्नेछन ।

त्यस्तै एक्सेलट्रिपसँग सहकार्य गर्दै आएको इसेवामार्फत होटलको रुम बुक गर्ने ग्राहकले ५ सय रुपैयाँको कोड भौचर प्राप्त गर्न सक्ने इसेवाले जानकारी दिएको छ । साथै अभियानको पाटर्नरको रुपमा रहेको यति एयरलाईन्सले हप्तामा दुई जनालाई लक्कि ड्र मार्फत एक तर्फि निःशुल्क टिकट उपलब्ध गराईने भएको छ । योजना अवधिभरमा पोखरामा १० हजार जना पर्यटक लैजाने एक्सेलट्रिपको योजना रहेको छ ।

एक्सेलट्रिपका अनुसार पोखराको केही होटलहरुले उक्त एक महिनाको अवधिमा आफनो सेवा सुविधामा ५० प्रतिशतसम्म छुट दिने भएको छ । एक्सेलट्रिप कोरोना भाईरसको प्रकोप र महामारी ६ महिना भन्दा बढी समयसम्म रहेको खण्डमा अन्य गन्तब्यहरुमा समेत उक्त योजना विस्तार गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL