Logo

कोरोना प्रभाव : आन्तरिक उडानमा विदेशी पर्यटक ४० प्रतिशतले घट्यो, हवाई ईन्धनको मुल्य घटाउन माग

कोरोना प्रभाव : आन्तरिक उडानमा विदेशी पर्यटक ४० प्रतिशतले घट्यो, हवाई ईन्धनको मुल्य घटाउन माग



काठमाडौं । २०२० को २ महिनामा आन्तरिक हवाई उडानमा विदेशी पर्यटकको संख्या ४० प्रतिशतले कमि आएको छ । हाल विश्वभरि फैलिएको कोरोना भाईरसका कारण पर्यटकको संख्यामा कमि आएको आएटाको तथ्याङ्कले देखाएको वायुसेवा संचालक संघले जानकारी दिएको छ ।

आएटाका अनुसार कोरोना भाइरसले विश्ववयापी रुपमा हवाई यात्रुको संख्यामा गिरावट आएको छ । जसका कारण सन् २०२० मा मात्र हवाई यात्रुमा आएको कमीले वायुसेवा कम्पनीहरुमा ११३ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी जानकारी दिएको छ ।

वायु सेवा संचालक संघले एक विज्ञप्ती जारी गर्दै विश्वमा फैलिएको उक्त भाईरसका कारण आउने स्प्रिङ सिजनको बुकिङ समेत रद्द भईरहेको र नेपाल प्रवेश गर्न प्रयोग हुने चीन, हङकङ, थाईल्याण्ड, भारतलगायत मध्यपूर्वका देशहरुमा समेत उक्त भाईरस फैलिएकाले आउने दिनहरुमा बुकिङ घट्ने क्रम बढ्ने उल्लेख छ । जस्ले गर्दा कुनै पनि पर्यटक नेपाल आउन नसक्ने र जसको प्रत्यक्ष असर नेपाली पर्यटन ब्यवसायीहरुले ६ महिना सम्म ब्यहोर्नु पर्ने विज्ञप्तीमा भनिएको छ ।

संघले विज्ञप्तीमार्फत आफ्ना ब्यवसाय बचाउनका लागि एयरलाईन्स कम्पनीहरुले बैंकलाई बुझाउनु पर्ने ब्याज नेपाल राष्ट्र बैंकमार्फत रिफ्रेन्सगरि भुक्तानीको ब्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन । एयरलाईन्स कम्पनीहरुले बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अमेरिकी डलर नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनरतालिकिकरण र पुनरसंरचनाको ब्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

संघले अमेरिकी डलरमा लिएको ऋण रकमको साँवा र ब्याजलाई नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न मिल्ने वातवरण बनाउन सरकारसँग आग्रह गरेको छ । त्यसतै संघले हवाई ईन्धनमा लगाएको मअकर हटाउन र हवाई इन्धनको मूल्य ३० प्रतिशत घटाउनु पर्ने, वायुयानहरुको बीमा शुल्कमा लाग्दै आएको मुअकर पूर्णरुपमा छुट दिई विदेशी पुनर्बीमा कम्पनीहरुले स्वीकारेको अवस्थामा विदेशी पुनर्बीमा कम्पनीहरुले दिएको क्रेडिट पिरियड अनुसार बीमा बीमा शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था मिलाउनु पर्नेलगायतको माग राखेको छ ।

त्यसतै संघको बिहीबार बसेको बैठकले सम्पूर्ण खर्चमा मितब्ययीता अपनाउने, अहिले भएको वायुयानको संख्या अनुसार माग नभएको अवस्थामा सम्पूर्ण वायुसेवा कम्पनीहरुले आफ्नो जहाजहरु ग्राउण्ड गर्ने, कर्मचारीहरुलाई बेतलबी बिदा दिने तथा सेवा सुविधामा समेत कटौति गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL