Logo

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित, अन्तरराष्ट्रिय उडान नियमित

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित, अन्तरराष्ट्रिय उडान नियमित



काठमाडौं । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका छन् भने अन्तरराष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । काठमाडौं विमानस्थलको भिजिविलिटी कम छ । बाक्लो तुवाँलोका कारण पोखरा विमानस्थलमा बिहानैदेखि अवरोध भएको छ । विराटनगर विमानस्थलको सेवा पनि प्रभावकारी भएको छैन ।

आन्तरिक उडानमा समस्या आए पनि अन्तरराष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिएका छन । उनका अनुसार मौसममा आएको खराबीले खासगरी हिमाली र पहाडी क्षेत्रका विमानस्थल तथा तराईका केही विमानस्थमा उडान सञ्चालनमा कठिनाइ भएको छ ।

अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० र अन्तरराष्ट्रियमा २९ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन । अहिले काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षा भइरहेको छ । आज राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ ।

पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा र पूर्वी उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्