Logo

फेब्रुअरी ६ मा काठमाडौं पोखरा मोटर र्याली हुने, आन्तरिक पर्यटन प्रवर्द्धन

फेब्रुअरी ६ मा काठमाडौं पोखरा मोटर र्याली हुने, आन्तरिक पर्यटन प्रवर्द्धन



काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० मा नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन र क्यान्सर रोग बारे जनचेतना फैलाउने उदेश्यले सातौँ अमेजिङ मोटर र्याली हुने भएको छ । केजिएच फाउन्डेसन र रोटरि क्लव अफ काठमाडौंको सहयोगमा आगामी ६ फेब्रुअरिमा उक्त कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

माघ २३ (फेबुअरि ६) गते बिहीबार नेपाल पर्यटन बोर्ड बाट सुरू हुने उक्त र्याली सोही दिन बेलुका पोखरा पुगेर समापन हुने र्याली संयोजक दिवाकरराज कर्णिकारले जानकारी दिएका छन । उनका अनुसार र्यालीमा करिव ४५ ओटा गाडीको सहभागितामा रहनेछ भने प्रत्येक गाडीमा २ जना मात्रै सहभागि हुन पाउनेछन । र्यालीमा सहभागी हुन १२ हजार शुल्क लाग्नेछ भने र्याली अवधिभर सहभागिहरूको गाडिमा ट्याकिङ डिभाईस जडान गरि गाडीको गति समेत मापन गर्ने तयारी भईरहेको आयोजकले जानकारी दिएको छ ।

र्यालीमा सहभागि गाडीले ८५ किलोमिटर भन्दा बढि गतिमा दौडाउन पाउने छैन । यदी कुनै गाडीले सो गति भन्दा बढीको गतिमा गाडी दौडाएमा स्वत प्रतियोगिताबाट बाहिरिने आयोजकले जानकारी दिएको छ । त्यसतै माघ २४ गते शुक्रबार रोटरि क्लवले साराङकोटमा रहेको जनजागृति स्कुलमा स्वास्थ्य शिविर आयोजना गरिनेछ भने स्कुलमा स्टेशनरि वितरण समेत गरिनेछ ।

संयोजक कर्निकारका अनुसार र्यालीमा सहभागी प्रथम, दितिय र तृतिय हुनेलाई उचित पुरस्कार दिइनेछ । जसमा प्रथमहुनेलाई कतार एयरवेजको एक हवाई टिकट, दितिय र तृतियलाई बुद्व एयरको माउन्टेन उडानको टिकट दिईनेछ ।

प्रतिक्रिया दिनुहोस्