Logo

बुद्ध एयरको राजविराज दैनिक उडान सुरु, हवाई भाडा २५ सय

बुद्ध एयरको राजविराज दैनिक उडान सुरु, हवाई भाडा २५ सय



काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले शनिबारदेखि प्रदेश नम्बर २ को राजविराजमा नियमित उडान सुरु गरेको छ ।

कम्पनीले एटिआर ७२ जहाजमार्फत काठमाडौं राजविराज उडान सेवा सुरु गरेको प्रवक्ता रुपेश जोशीले जानकारी दिएका छन । उनका अनुसार काठमाडौंबाट बिहान ११ बजेर २५ मिनेटमा उडान सुरु हुने छ भने राजविराजबाट सोही दिन १२:२० मा काठमाडौं फिर्ता हुने छ ।

काठमाडौं राजविराज हवाई भाडा भने प्रमोशन फेयर प्रतिदिन एक उडानको २५ सय रुपैयाँ रहेको जोशीले जानकारी दिएका छन । उनका अनुसार टिकट खरिद भने मोबाईल एपमार्फत लिन सक्नेछन । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई थप हवाई सुविधा पुग्ने कम्पनीले जानकारी दिएको छ ।

राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ । राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL