Logo

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृमा रेग्मी नियुक्त

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृमा रेग्मी नियुक्त



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा धनन्जय रेग्मी नियुक्त भएका छन । मंगलबार बसेको बोर्डको बैठकले रेग्मीलाई सिइओमा नियुक्त गरेको हो । नियुक्तीसँगै रेग्मीले ४ बोर्डको ४ बर्षेकार्यकाल सम्हाल्ने भएका छन ।

सिइओ दिपकराज जोशीको कार्यकाल समाप्तीसँगै बोडले गत मंसिर १८ मा सिइओको लागी आवेदन माग गरेको थियो । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सहितको छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो ।

उक्त छनौट समितिले उनीहरुको प्रस्तुतीको आधारमा गतहप्ता तीन जनाको नाम संचालक समितिमा पठाएको थियो । सोही आधारमा संचालक समितिले रेग्मीलाई सिइओमा नियुक्त गरेको हो ।

बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर थिए । सबैलाई उछिन्दै रेग्मी बोर्डको सिइओ नियुक्त भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL