Logo

त्रिभुवन विमानस्थलको बक्यौता रकम साढे २ अर्ब, भन्सारको ५५ करोड बक्यौता मिनाहा गर्न चलखेल

त्रिभुवन विमानस्थलको बक्यौता रकम साढे २ अर्ब, भन्सारको ५५ करोड बक्यौता मिनाहा गर्न चलखेल



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको बक्यौता रकम बढेको छ । कार्तिकसम्ममा १ अर्ब ९४ करोड रुपैयाँ मात्रै रहेको बक्यौता रकम बढेर २ अर्ब २१ करोड ४२ लाख ६१ हजार २ सय ८० रुपैयाँ पुगेको छ ।

बिभिन्न विमान कम्पनीहरुले पार्किङ, उडान अवतरण तथा संघसंस्थाहरुले विमानस्थलको भवन संरचना प्रयोग गरेवापतको रकम समयमै उठाउन नसक्दा बक्यौता रकम बढेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बक्यौता रकम बाँकी हुनेहरुमा संचालनमा रहेका अन्तरराष्ट्रिय तथा आन्तरिक वायुसेवा कम्पनी, संचालनमा नरहेका अन्तरराष्ट्रिय तथा आन्तरिक वायुसेवा कम्पनी, सरकारी कार्यालय, संचालनमा रहेका तथा नरहेका बिभिन्न संघसंस्थाहरु रहेका छन ।

विमानस्थलले संचालनमा रहेका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीमार्फत ७१ करोड ३७ लाख ५८ हजार ९ सय ९४ रुपैयाँ, आन्तरिक वायुसेवा कम्पनीको १ करोड ३१ लाख ७८ हजार ९ सय ६५, संचालन भएर बन्द भएका विदेशी वायुसेवा कम्पनीबाट २६ करोड १५ लाख ९९ हजार ९ सय ९० रुपैयाँ तथा बन्द भएका आन्तरिक वायुसेवा कम्पनीबाट ८ करोड ४३ लाख ७५ हजार १ सय ८४ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको छ ।

त्यस्तै सरकारी कार्यालयहरुको बक्यौता रकम ५६ करोड २८ लाख ३० हजार ४ सय ३३ रुपैयाँ, संचालनमा रहेका बिभिन्न संघसंस्थाहरुको ४२ करोड ५३ लाख ७६ हजार ३ सय ६९ रुपैयाँ तथा संचालनमा नरहेको संघसंस्थाहरुबाट १५ करोड ३१ लाख ४१ हजार ४ सय ३१ रुपैयाँ रहेको प्राधिकरणले जानकारी दिएको छ ।

त्यसमध्ये सबै भन्दा बढी त्रिभुवन विमानस्थल अन्तरगत भन्सार बिभागको ५५ करोड ३८ लाख ६९ हजार १ सय ३३ रुपैयाँ रहेको छ भने नेपाल वायुसेवा निगमको ३१ करोड ८१ लाख ६६ हजार रुपैयाँ रहेको छ । त्यस्तै सिता आईएनभी बीभीको २८ करोड ९९ लाख ६ हजार १ सय ७९ रुपैयाँ, रसुवा केडी जेभीको ५ करोड ६२ लाख १४ हजार ८ सय रुपैयाँ, सिम्रिक, कस्मिक, सौर्यलगायतको १÷१ करोड रुपैयाँ भन्दामाथि रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

कार्तिकमा १ अर्ब ९४ करोड रुपैयाँ मात्रै रहेको बक्यौता रकममा २७ करोड ४२ लाख ६१ हजार २ सय ८० रुपैयाँ बढेर २ अर्ब २१ करोड ४२ लाख ६१ हजार २ सय ८० रुपैयाँ पुगेको छ । तर बिमानस्थल प्रमुख देबेन्द्र केसीले बक्यौता रकम थपघट भईरहने बताए । उनका अनुसार भन्सार बिभागले बारम्बार ताकेदा गर्दा पनि बक्यौता रकम नबुझाएपछि उक्त रकम मिनाह गर्ने गरी बोर्डमा छलफल भईरहेको बताए ।

तर विमानस्थलको बक्यौता रकम उठाउन बिभिन्न विकास समिति तथा लेखा समितिहरुले समेत निर्देशन दिईसकेको अवस्थामा अझै रकम उठाउन कार्यालय असक्षम रहेको बिमानस्थलकै उच्च अधिकारी बताउँछन् । ती अधिकारीका अनुसार भन्सारको बक्यौता रकम उठाउन लाग्नुपर्नेमा उल्टो मिनाह गर्ने विषय उठाउनु चलखेलकै रुप हो ।

कार्यालयले पटक–पटक पत्राचार गर्दा समेत उठाउन नसकेपछि सो रकम मिनाहा गर्ने गरी बोर्डमा छलफल भईरहेको बताएपनि भन्सारलाई मिनाहा दिंदा अरु नीजि कम्पनी र संघसंस्थालाई किन नदिने भन्ने प्रश्न उठने र यसले गलत नजिर स्थापित हुने जानकारहरु बताउँछन् । ‘जसरी पनि नियमानुसारको शूल्क उठाउन बिमानस्थल चुक्नुु हुँदैन् र नियमानुसार शूल्क नतिर्नेलाई कारवाह िहुनुपर्छ भन्ने हाम्रो मान्यता हो’, बिमानस्थलका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL