काठमाडौं । विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष विहीबारदेखि सञ्चालनमा ल्याएको छ ।
गृह सचिव प्रेमकुमार राईले उक्त सहायता कक्षको उद्घाटन गर्दै सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउँमा गरी १२ वटा मानवीय सहायतास्थल निर्माण गर्ने योजना रहेको जानकारी दिएका छन ।
काठमाडौं धनगढीपछि नेपालगञ्ज विमानस्थलमा स्थापना भएको सो कक्ष तेस्रो भएको राईले जानकारी दिएका छन । उनले सहायता कक्ष निर्माण भए पनि कर्मचारी व्यवस्थापनमा समस्या रहेको हुँदा यथाशीघ्र सबै ठाउँमा कर्मचारी व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने बताए । रासस