काठमाडौं । नागरिक उड्यन प्राधिकरणले श्री एयरलाईन्सलाई नियमीत उडानको अनुमति दिएपछि माघ १ गतेदेखि जनकपुर उडान गर्ने भएको छ । केही महिना अघि श्री एयरलाईन्सले जनकपुर काठमाडौं परिक्षण उडान गरेको थियो ।
कम्पनीले माघ १ गतेदेखि आफ्नो ८० सिट क्षमताको क्यु ४०० जहाजबाट उडान थाल्ने जानकारी दिएको छ ।
श्रीको जहाज काठमाडौंबाट दिउँसो १२ बजेर ३० मिनेटमा उड्ने छ भने जनकपुरबाट १ बजेर ३० मिनेटमा काठमाडौं आउने कम्पनीले जानकारी दिएको छ ।