Logo

भ्रमण बर्षमा टानको २० प्रतिशत छुट, बुधबार सचिवालयसँग सम्झौता गर्दै

भ्रमण बर्षमा टानको २० प्रतिशत छुट, बुधबार सचिवालयसँग सम्झौता गर्दै



काठमाडौं । भ्रमण बर्ष नजिकिँदै गर्दा ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) ले भ्रमण बर्ष सचिवालयसँग सम्झौता गर्ने भएको छ ।

सचिवालयसँग बुधबार सम्झौता भए पछि भ्रमण बर्ष भरि टानले पर्यटकहरुलाई आफ्नो सेवा सुविधामा २० प्रतिशत छुट दिने छ । टानका अनुसार आफ्नो मातहतका सदस्यहरुले भ्रमण बर्षमा आउने पर्यटकको लागि बिभिन्न सेवा सुविधामा २० प्रतिशत छुट दिने तयारी गरेको हो ।

बुधबार भ्रमण बर्ष सचिवालयसँग सम्झौता गर्ने अन्तिम तयारी भईरहेको टानका महासचिव सरिता लामाले जानकारी दिएकी छिन । सचिवालयसँगको सम्झौता पछि मात्रै उक्त छुट कार्यान्वयन गर्ने गरी तयारी भईरहेको महासचिव लामाले बताईन ।

उनका अनुसार भ्रमण बर्ष भरी टानसँग सम्बन्धित सबै सदस्यहरुले ट्रेकिङलगायतका सेवामा २० प्रतिशत छुट दिने छ । ‘ब्यवसायीहरुलाई छुट दिनै पर्छ भनेर जवरजस्ती गर्न सक्दैनौं’, उनले भने, ‘तर हामीले भ्रमण बर्ष सफल बनाउनकै लागि भए पनि पर्यटकलाई हरेक सेवा सुविधामा छुट दिनु पर्छ ।’ जस्ले गर्दा सरकारको योजना अनुसार २० लाख पर्यटक भित्र्याउन सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL