Logo

निजगढ विमानस्थल निर्माणलाई रुख काट्न सर्वोच्चको रोक, मन्त्री भट्टराईको ब्रेक थ्रु गर्ने सपना अधुरै

निजगढ विमानस्थल निर्माणलाई रुख काट्न सर्वोच्चको रोक, मन्त्री भट्टराईको ब्रेक थ्रु गर्ने सपना अधुरै



काठमाडौं । शुक्रबार सर्बोच्च अदालतले निजगढ विमानस्थलका निर्माणका लागि आवश्यक रुख कटान गर्न रोक लगाएको छ । सर्वोच्चका न्यायाधिश टंकबहादुर मोक्तानको एकल इजालसले निजगढ विमानस्थल निर्माणका लागि रुख कटानको कार्य अगाडी नबढाउन आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै निजगढ विमानस्थल निर्माण कार्य अन्यौलमा परेको छ । तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिं तामाङले भने अदालतले ईआईए पछि मात्रै रुख कटान गर्नु भनेको होला भन्दै विमानस्थल निर्माणको काम नरोकिने बताए ।

अहिले केही समय रोके पनि राष्ट्रिय गौरवको आयोजना रोक्न नमिल्ने उनको धारणा रहेको छ । यो आयोजना अगाडी बढाउन अबको केही समयमै मन्त्रिपरिषद्बाट निर्णय आउने मन्त्री भट्टराईले बताउँदै आएका थिए । तर शुक्रबार सर्वोच्चको उक्त आदेशसँगै मन्त्रिपरिषदबाट ‘ब्रेक थ्रु’ निर्णय गर्ने मन्त्री भट्टराईको प्रतिबद्धता पुरा नहुने देखिएको छ ।

विमानस्थल निर्माण गर्न करिब २४ लाख रुख कटान गर्नुपर्ने हुन्छ । निजगढ बन संरक्षण समितिका तर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी, रञ्जु हजुर पाँडे र भरत बस्नेतले रुख कटानको निर्णय बदर गर्न सर्बोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL