काठमाडौं । नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिका लागि सरकारले आवेदन माग गरेको छ । बोर्डको सीईओ नियुक्तका लागि गठन गरिएको उपसमितिले बुधबार सार्वजनिक सूचना निकाल्दै आवेदन माग गरेको हो ।
बोर्डका सीईओ दिपकराज जोशीको कार्यकाल यही पुस ९ गतेदेखि सकिँदै छ । कार्यकाल समाप्त हुन लागेको भन्दै उपसमितिले नयाँ सीईओका लागि आवेदन माग गरिएको हो ।
उपसमितिले आजको मितिबाट २१ दिनभित्र अर्थात (पुस ९ गते सम्ममा) योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ । सीईओका लागि ३५ वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ ।
