Logo

एयर एसिया बन्यो सातौं पटक उत्कृष्ट बजेट एयरलाइन्स, सीईओ टोनीले थापे अवार्ड

एयर एसिया बन्यो सातौं पटक उत्कृष्ट बजेट एयरलाइन्स, सीईओ टोनीले थापे अवार्ड


रामराजा श्रेष्ठ
0
Shares

३ असार, काठमाडौं । एयर एसियाले विश्वकै उत्कृष्ट बजेट एयरलाइन्सको उपाधि जितेको छ । मलेशियाको एयर एसियाले सातौपटक यो उपाधि जितेको हो । उसले सन् २००९ बाट यो उपाधि जित्दै आएको छ ।

स्काई ट्रयाक्सले १९ मिलियन हवाइ यात्रुहरुमा गरेको सर्वोक्षणका आधारमा एयर एसिया लगातार सातौं वर्ष पनि उत्कृष्ट बजेट एयरलाइन्स घोषित भएको हो ।

पेरिस एयर शो २०१५ मा एयर एसिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत तान श्री टोनी फर्नान्डिजले उक्त अवार्ड लिएका छन् । पछिल्लो वर्ष थुप्रै चुनौतीहरु सामना गर्नु परे पनि आफ्ना उपलब्धि हासिल गर्दै आएको भन्दै कर्मचारी र सेवाग्राही र साझेदारलाई समेत धन्यवाद दिएका छन् ।

एयर एसियाले नेपाल सहित ९० भन्दा बढी बढी गन्तव्यमा उडान भर्दै आएको छ । दुई बटा विमानबाट सुरु भएको एयर एसियासँग हाल १ सय ८० वटा विमान छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL