काठमाडौं । नेपाल वायु सेवा निगमले जापानको नारिता विमानस्थलमा पुस १८ गते देखि गर्ने भनेको उडान पछि सारेको छ ।
निगमले केही महिना अगाडी देखिनै नारिता विमानस्थलमा पुस १८ बाट उडान भर्ने बताउँदै आएको थियो । निगमका कार्यकारी अध्यक्ष खरेलले तोकेको समयमा उडान भर्न नसक्ने बताएका छन ।
सो विमानस्थलमा उडान भर्नका लागि ग्राउन्ड ह्याण्डलिङ नपाएको भन्दै फागुनमा मात्र उडान गर्ने तयारी भईरहेको खरेलले जानकारी दिएका छन ।