Logo

भ्रमण बर्ष सफल बनाउन राष्ट्र निर्माण महोत्सव, धार्मिक पर्यटनको प्रचार

भ्रमण बर्ष सफल बनाउन राष्ट्र निर्माण महोत्सव, धार्मिक पर्यटनको प्रचार



काठमाडौं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीमा राष्ट्र निर्माण महोत्सवको आयोजना गरिने भएको छ । महोत्सव पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु हुने भएको छ ।

पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि गाउँपालिकालगायत जिल्लाभरिका धार्मिक पर्यटकिय तथा प्राकृतिक रमणीय स्थलहरुको प्रचार–प्रसार गरी ति स्थानहरुलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले जानकारी दिएका छन ।

समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोक कल्याणकारी ट्रष्ट अभियान अन्तरगत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयको २५ लाख रुपैयाँ सहयोग र बाँकी रकम गाउँपालिका व्यहोर्ने गरी सो महोत्सव गर्न लागेको चन्दले जानकारी दिएका छन ।

बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धामलगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ । साथै जिल्लाका अन्य स्थानका धार्मिक तथा पर्यटकीय स्थानको पनि तस्वीर प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

लोक कल्याणकारी राष्ट्र निर्माण ट्रष्ट सेवाको संयोजनमा हुने महोत्सव मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL