Logo

के तपाईँ घुम्न मन पराउनुहुन्छ ?, आफ्नो यात्रा सुचिमा यी शहर पनि समेट्नुहोस

के तपाईँ घुम्न मन पराउनुहुन्छ ?, आफ्नो यात्रा सुचिमा यी शहर पनि समेट्नुहोस



काठमाडौं । यदी तपाईँहरु नेपाल बाहिरको यात्रा मन पराउनुहुन्छ भने लोन्ली प्लानेटले २०२० मा घुम्नैपर्ने मुख्य १० शहरुको टुङगो लगाईदिएको छ । जसमा भुटान पहिलो स्थानमा परेको छ । लोन्ली प्लानेटले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार भुभाग, अनुभव लगायतका कुराहरुलाई समेटेर मुख्य १० शहरहरु छानेको हो ।

भुटानमा भएका ट्रेकिङ रुट, रोमाञ्चक दृश्य लगायतका विशेषताका कारणले यो २०२० मा घुम्नैपर्नै राष्ट्रको पहिलो स्थानमा परेको लोन्ली प्लानेटले जानकारी दिएको छ । भुटानले ६० प्रतिशत भुभाग जंगलले ढाक्ने प्रक्रिया अघि बढाएको छ । सोही अनुसार अबको केही बर्षमा भुटानको कुल भुभागको ७० प्रतिशत जमिन वनजंगलले ढाकिने छ । साथै सन २०२० मा भुटानलाई पुर्ण अग्र्यानिक राष्ट्र पनि घोषणा गरिने भएका कारण लोन्ली प्लानेटले भुटानलाई ‘पुर्ण कार्बनरहित राष्ट्र’ समेत भनेको छ ।

यस्तै घुम्नैपर्ने शहरको दोस्रो स्थानमा परेको ईङ्ग्ल्याण्ड पनि उत्तिकै रुपमा सुन्दर भएको लोन्ली प्लानेटले जानकारी दिएको छ । ईङ्ग्ल्याण्डमा भएका हिँड्ने बाटाहरु र त्यहाँको सरकारले सन २०२० मा खोल्ने नयाँ रुटका कारण यो दोस्रो स्थानमा परेको हो ।

यस्तै लोन्ली प्लानेटले नर्थ म्याकेडोनिया, आईसल्याण्डको अरुबा, दक्षिण अफ्रिकाको ईस्वातिनी, कोस्टारिका लगायतका शहरहरुलाई पनि घुम्नैपर्ने शहरुको सुचिमा क्रमशः तेस्रो, चौथो, पाँचौं र छैठौं स्थानमा राखेको छ ।

यस्तै नेदरल्याण्ड, लिवेरिया, मोरक्को र उरुग्वे पनि लोन्ली प्लानेटको घुम्नैपर्ने शहरको टप टेन सुचिमा परेका छन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्