Logo

भ्रमण बर्ष लक्षित होटल ब्यवसायीको छुट योजना सार्वजनिक, कोठामा ३० र खानामा १५ प्रतिशत छुट

भ्रमण बर्ष लक्षित होटल ब्यवसायीको छुट योजना सार्वजनिक, कोठामा ३० र खानामा १५ प्रतिशत छुट



काठमाडौं । भ्रमण बर्षको अवसरमा होटल एशोसिएशन अफ नेपाल (हान) ले छुट योजना सार्वजनिक गरेको छ । हानले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने विदेशी पाहुनाका लागि ४५ प्रतिशत छुट दिने भएको छ ।

होटल व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकको लागि होटल रुमको मूल्यमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने छ । हानका उपाध्यक्ष बिनायक शाहका अनुसार भ्रमण बर्ष नजिकिँदै गर्दा ब्यवसायीहरु उत्साही भए पनि पूर्वधारको कमिले भने केही समस्या हुने बताउँछन ।

यसअघि भ्रमण वर्ष मूल आयोजक समिति बैठकले सबै सरोकारवाला निकायबाट भ्रमण वर्षलाई लक्षित गरी बनाएको योजना अनुसार नै छुट योजना ल्याएको शाहले जानकारी दिएका छन ।
पछिल्लो समयमा भ्रमण बर्ष लक्षित गरी होटलका कोठाहरु बुकिङ भए पनि पर्यटक आउनु १४ दिन अगाडी मात्रै जानकारी हुने भएकाले कति कोठा बुकिङ भए भनेर भन्न नसकिने शाहले बताए ।

‘अहिले कोठा बुक गर्नेको संख्या धेरै छ तर सबै आउँछन भन्ने छैन त्यो उनीहरुमा भर पर्ने कुरा हो’, शाहले भने, ‘नेपाल आउनुभन्दा १४ दिन अगाडी बुक गरेका कोठा रद्द गरेको खण्डमा भने हामी जरिवाना लगाउँछौं त्यो भन्दा अगाडी बुक गर्नेलाई जरिवाना लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL