काठमाडौं । मनाङ एयरको नयाँ हेलिकोप्टरले सोमबारदेखि उडान सुरु गरेको छ । कम्पनीले कम्पनीले फ्रान्समा निर्मित ‘एयरबस हेलिकोप्टर’ को एएस३५०बी३ई (एच१२५) हेलिकोप्टर ९ एनएएनजेबाट आज देखि ब्यवसायिक उडान सुरु गरेको हो ।
मनाङ एयरको दुई थान हेलिकोप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडाउन भर्न सक्ने कम्पनीको दाबी रहेको छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार ‘अति दक्ष पाइलट तथा प्राविधिकद्वारा पर्यटकिय दृष्यावलोकन तथा उद्धार उडानमा थप भएको हेलिकोप्टरको प्रयोग गरिने छ ।’
विमानमार्फत स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सुरक्षित तथा अतिउच्च हिमाली क्षेत्रहरुमा उद्दारलगायतका सेवा दिने कम्पनीको विस्वास रहेको छ ।