Logo

११ दिन देखि हराएका पर्यटक अझै भेटिएनन्, खोजी कार्य तीव्र

११ दिन देखि हराएका पर्यटक अझै भेटिएनन्, खोजी कार्य तीव्र



काठमाडौं । उत्तरी रसुवाअन्तरगत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा हराएका पर्यटकको खोजी तिब्र बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाले यही असोज ५ गतेदेखि बेपत्ता दुई पर्यटकको खोजीलाई तिब्र बनाएको हो । प्रहरीका अनुसार भ्रमणका क्रममा हराइरहेका नेदरल्याण्डका २७ वर्षीय थोमस र ४२ वर्षीय कोरियाली नागरिक सिसुङकोे खोजीका लागि नेपाल प्रहरीका तालीमप्राप्त तीन कुकुरसमेत परिचालन गरिएको छ ।

उनीहरू असोज ५ गते बिहान ९ः०० बजे तामाङ सम्पदा पदमार्गअन्तरगत थुमन क्षेत्रमा देखिएका बुझिएका कारण आसपासका क्षेत्रमा व्यापक खोजी गर्न प्रहरी नायब उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

पर्यटकिय पदमार्गको बृद्विम, टिमुरे तथा लाङटाङ क्षेत्रमा दर्जनौं सुरक्षाकर्मी यही असोज ९ गतेबाटै परिचालित गरिएको छ । पर्यटक प्रहरी चौकी स्याफ्रुबेँसीको अभिलेखअनुसार ती पर्यटक भदौ २७ गते रसुवाको स्याफ्रुबेँसीमा बास बसी गत भदौ २८ गतेदेखि तामाङ सम्पदा पदमार्गतर्फ गएका थिए ।

तामाङ सम्पदामार्ग उत्तरी रसुवाको गोल्जुङ, गतलाङ, पार्वतीकुण्ड, चिलिमे, तातोपानी, नाकथली, थुमन र बृद्धिमको भूभागले मान्यता पाएको र ती क्षेत्रमा भारी वर्षा तथा निरन्तर प्रतिकूल मौसमको प्रवाह नगरी खोजीकार्यमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छन ।

यस्तै सशस्त्र प्रहरी बल २० नम्बर गुल्म धुञ्चेका प्रहरी अधिकृत तथा जवानसमेत खोजी तथा उद्वारमा परिचालन भएको सशस्त्र प्रहरी नीरिक्षक होेमनाथ नेपालले जानकारी दिएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL