Logo

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता, हप्तामा सात उडान

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता, हप्तामा सात उडान



काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो ।

नेपाल र अष्ट्रेलियाबीचको हवाई सम्झौता अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिएका छन ।

मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलका संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले सो सम्झौतामा हस्ताक्षर गरेको आचार्यले जानकारी दिएका छन ।

उनका अनुसार नेपाली जहाजले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने छन ।

यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमतामा पोखरा, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्न पाउने छन । दुवै पक्षका एयरलाइन्सले दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र मध्यपूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौं ट्राफिक अधिकार उपोग गर्न पाउने छन ।

आचार्यका अनुसार नेपालको हकमा अष्ट्रेलियाका गन्तव्य विन्दुभन्दा परको रुपमा न्युजील्याण्डका दुई वटा विन्दुहरुमा पाँचौं ट्राफिक अधिकारको प्रयोग गर्न पाउने छन । साथै अष्ट्रेलियन पक्षको हकमा भने नयाँदिल्ली बाहेक नेपालका गन्तव्य विन्दुभन्दा परको रुपमा दुई विन्दुहरुमा पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL