Logo

भ्रमण बर्षको पूर्व सन्ध्यामा जिरी स्ट्रिट फुड फेष्टिभल हुँदै, ५ हजार पर्यटक भित्र्याउँदै जिरी

भ्रमण बर्षको पूर्व सन्ध्यामा जिरी स्ट्रिट फुड फेष्टिभल हुँदै, ५ हजार पर्यटक भित्र्याउँदै जिरी



काठमाडौं । पर्यटकिय नगरी दोलखाको जिरीमा ‘जिरी स्ट्रिट फुड फेष्टिभल २०७६’ हुने भएको छ । ‘प्राकृतिक सुन्दरता सगरमाथाको प्रबेशद्वार, सांगितिक प्रस्तुती स्वादिष्ट खाध्यपरिकार’को नारा सहित युवा संजाल जिरीले उक्त महोत्सब आयोजना गर्ने भएको हो ।

महोत्सब यही कात्तिक १,२ र ३ गते हुने छ । बिभिन्न नामले परिचित जिरीमा भ्रमणबर्षको पूर्व सन्ध्यामा आयोजना हुने उक्त महोत्सवले जिरीमा थप पर्यटक भित्र्याउन सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई केन्द्रित गरि सो महोत्सवको आयोजना गरेको संजालका अध्यक्ष केन्द्रज्योती खड्काले जानकारी दिएका छन । ३ दिन सम्म चल्ने सो मेलामा करिब ५ हजार भन्दा बढी आन्तरिक पर्यटक भित्र्याउने योजना रहेको छ । साथै ३० ओटा बिभिन्न खाध्य परिकारका स्टलमार्फत करिब १० लाख बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

जिरेल जातिको प्राचिन थलोको रुपमा रहेको जिरीमा शेर्पा, तामाङलगायतका समुदायहरुको बाहुल्यता रहेको छ । जिरीका प्रमुख पर्यटकिय गन्तव्यका रुपमा रहेको जिरेश्वर मन्दिर, हलेश्वर मन्दिर, पाँचपोखरी, जटापोखरी, लावती झरना, चेर्दुग डाडा, चेर्दुग चिज उत्पादन केन्द्र लगायतका रहेका छन ।

त्यस्तै यहाँका स्थानीय उत्पादनमा चिज, छुर्पि, चिया, आलु, किवी, ट्राउट माछा रहेका छन । महोत्सबमा आउने आन्तरिक पर्यटकको मनोरोञ्जनको लागि सो क्षेत्रका प्रमुख पर्यटकिय गन्तव्यहरुमा हाईकिङ, जिप सफारी, साईक्लिङलगायतका खेलहरु समेत खेलाईने भएको छ ।

कार्यक्रमको लागि जिरी नगरपालिका, गौरिशंकर संरक्षण क्षेत्र परियोजना, नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाहरुले सहयोग गरेको अध्यक्ष खडकाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL