Logo

पर्यटक भित्र्याउन ६३८ मिटर लामो पदमार्ग निर्माण, लभ्लीहिललाई पर्यटकिय गन्तव्य बनाउने

पर्यटक भित्र्याउन ६३८ मिटर लामो पदमार्ग निर्माण, लभ्लीहिललाई पर्यटकिय गन्तव्य बनाउने



काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकियस्थल लभ्लीहिलसम्म जोड्ने पक्की पदमार्ग निर्माण सम्पन्न भएको छ ।

बेनी नगरपालिका–२ मा रहेको लभ्लीहिलमा पर्यटकको आगमन बढाउन बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा उक्त पदमार्ग निर्माण गरिएको हो ।

निर्माण सम्पन्नसँगै सो पदमार्गको आइतबार प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन गरेका छन । बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने ६३८ मिटर लामो पक्की पदमार्ग निर्माणको लागत भने ७४ लाख ७३ हजार ६ सय ९ रुपैयाँ रहेको छ ।

पदमार्ग निर्माणमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तरराष्ट्रिय समितिले २९ लाख, ८९ हजार ४ सय ४४ रुपैयाँ, बेनी नगरपालिकाको ३७ लाख ३६ हजार ८ सय ५ रुपैयाँ र म्याग्दी उद्योग वाणिज्य संघले ७ लाख ४७ हजार ३ सय ६० रुपैयाँ लगानी गरेको पदमार्ग निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सुनिता केसीले जानकारी दिएकी छिन ।

बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिललाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न निर्माण गरिएको पदमार्गमा रेलिङसमेत निर्माण गरिएको पदमार्ग निर्माण समितिका संयोजकसमेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।

जिल्लाको सामाजिक क्षेत्रमा सहकार्य गर्दै आएका प्रवासी म्याग्देलीले विकास निर्माण र पर्यटन विकासमा समेत सरकारी र निजी क्षेत्रसँग साझेदारी गरी निर्माण गरिएको यस परियोजनाले जिल्लामा लगानीको ढोका खुलेको मोनाका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिएका छन ।

उनले यस योजनाले जिल्लामा प्रवासीको सामाजिक क्षेत्रसँगै पूर्वाधार, पर्यटन विकास र सम्भावनाको उजागर हुने क्षेत्रमा सहयोगसँगै लगानीसमेत भित्रने वातावरण तयार गरेको बताए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL