Logo

ल्हासा र बेइजिङ उडान गर्दै हिमालय एयर, नयाँ जहाज भित्र्याउने कम्पनीको तयारी

ल्हासा र बेइजिङ उडान गर्दै हिमालय एयर, नयाँ जहाज भित्र्याउने कम्पनीको तयारी



काठमाडौं । हिमालय एयरलाईन्सले चीनको ल्हासा र बेइजिङमा उडान गर्ने भएको छ । उक्त स्थानमा उडान भर्नका लागि नयाँ जहाज ए ३१९ खरिद गर्ने तयारी रहेको समेत कम्पनीले जानकारी दिएको छ ।

३ ओटा जहाजमार्फत अन्तरराष्ट्रिय उडान गर्दै आएको कम्पनीले छिट्टै ए ३१९ जहाज मार्फत छिमेकी मुलुक ल्हासा, बेइजिङ र अन्य प्रमुख शहरहरुमा उडान गर्न लागेको हो । आईतबार पत्रकार सम्मेलन गर्दै कम्पनीले नयाँ लोगो समेत सार्वजनिक गरेको छ । कम्पनीले हिमालको चुचुरोमा उड्दै गरेको चीललाई अंकित गर्दै बनाएको लोगो सार्वजनिक गर्दै आफ्नो ब्राण्ड पहिचान नयाँ बनाएको हो ।

रणनितिक योजनासँगै कम्पनीका अध्यक्ष झो एन्योङ र उपाध्यक्ष बिजय श्रेष्ठले उक्त लोगो सार्वजनिक गरेका हुन । सन २०१४ देखि ब्यवसायीक योजना सुरु गरेको कम्पनीले ३ बर्षको अवधिमा ३ ओटा ए ३२० जहाज ल्याउन सफल भएको छ भने ५ गन्तब्यमा सेवा प्रदान गरिरहेको छ ।

संस्थाका उपाध्यक्ष श्रेष्ठले ५ बर्षको अवधिमा सुरक्षा र विश्वासनीयताको प्रतिष्ठा निर्माण गरेको बताएका छन । उनले भने, ‘संस्थाको प्रमुख आधारलाई नयाँ लोगोमा प्रतिबिम्बित गर्न चाहानुका साथै आगामी दिनमा पनि निरन्तर अगाडी बढ्ने अठोट ब्यक्त गर्न चाहेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL