Logo

पर्यटन मन्त्री झुक्याउने गरि वायुसेवा संचालकको जेष्ठ नागरिक छुट सुविधा, छुटका लागि राखियो शर्तै शर्त

पर्यटन मन्त्री झुक्याउने गरि वायुसेवा संचालकको जेष्ठ नागरिक छुट सुविधा, छुटका लागि राखियो शर्तै शर्त



काठमाडौं । वायुसेवा संचालक संघले जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुट दिने भएको छ । यस अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ३ महिना भित्रै उक्त निर्याणय कार्वान्वयन गराउन निर्देशन दिएको थियो ।

संघको बिहीबार बसेको साधरण सभाको बैंठकले आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले ७० वर्ष माथीका विपन्न नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिएका छन ।

यस अघि मन्त्रीको उक्त निर्णयलाई आत्मसाथ गर्दै नेपाल वायुसेवा निगम र श्री एयरलाईन्सले ५० प्रतिशत छुट दिने बताईसकेका छन ।

हवाई टिकटमा छुट पाउन भने आफु स्वयम कम्पनीको कार्यालयमा आई विपन्नको स्व घोषणा गर्नु पर्ने छ । साथै संघका अनुसार यो सुविधा हरेक उडानमा २ जनाले मात्र प्राप्त गर्न सकिन्छ । उक्त सुविधा भने घटस्थापना देखि मात्रै लागु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL