Logo

९ प्रतिशतले बढे नेपाल आउने पर्यटक, ८ महिनामा भित्रिए साढे ७ लाख

९ प्रतिशतले बढे नेपाल आउने पर्यटक, ८ महिनामा भित्रिए साढे ७ लाख



काठमाडौं । सन् २०१९ को पहिलो ८ महिनामा ७ लाख ४२ हजार ६ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार २०१९ को जनवरीदेखि अगष्ट सम्ममा उक्त संख्यामा पर्यटक भित्रिएका हुन । नेपाल आउने पर्यटकको संख्या सन् २०१८ को सोही अवधिमा ९ प्रतिशतले वृद्धि भएको हो ।

सो अबधिमा ६ लाख १९ हजार ७ सय ६५ जना पर्यटक हवाई मार्गबाट भित्रिएका छन भने १ लाख २२ हजार ८ सय ३५ जना पर्यटक भने स्थलमार्गबाट नेपाल प्रवेश गरेका थिए ।

२०१९ को पहिलो ८ महिनामा भारतबाट आउने पर्यटकको संख्या २०१८ को तुलनामा ६ दशमबल १ प्रतिशतले बृद्धि भई १ लाख ४२ हजार २ सय ८६ जना पुगेको छ । सार्क मुलुकबाट ६ दशमलब २ प्रतिशतले वृद्धि भई २ लाख ४ हजार १ सय ९२ जना नेपाल भित्रिएको छ ।

त्यस्तै चिनियाँ पर्यटक १ लाख ६ हजार ५० जनाले नेपाल भ्रमण गरेका छन भने थाईल्याण्डबाट अघिल्लो बर्षको तुलनामा ३८ दशमलब ९ र जापानबाट १२ दशमलब ८ प्रतिशतले वृद्धि भएको बोडले जानकारी दिएको छ ।

त्यसतै युरोपियन मुलुकबाट १ लाख ३६ हजार १ सय ९८ जना पर्यटक भित्रिएका छन । जस मध्य बेलायतबाट ३६ हजार ९ सय ७२, जर्मनबाट २० हजार ३ सय ६२ र फ्रान्सबाट १६ हजार ३ सय २४ जना पर्यटक नेपाल भित्रिएका छन ।

२०१९ को पहिलो ८ महिनामा नेपाल भित्रिने अमेरिकी पर्यटकको संख्या भने ५८ हजार ६ सय २१ जना रहेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले निजी क्षेत्र र संचार क्षेत्रको सहभागिताका कारण पर्यटक आगमनको वृद्धि हुने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL